नेप्सेमा ४७ करोडको कारोबार

आश्विन १, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज २२ अंकले सुधार आएको छ । बजार परिसूचक नेप्से आज २२ दशमलव ६८ अंकले बढेर १ हजार १ सय ७३ दशमलव ४२ बिन्दुमा पुगेको छ । कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकाला लागेकाले नेप्सेमा सुधार देखिएको हो ।

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा ९ करोड रुपैयाँले वृद्धि भएको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ७१ दशमलव ९ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ७१ कम्पनीका ७ हजार ८ सय ७७ कारोबारबाट १६ लाख ४५ हजार ८ सय ७७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४७ करोड ६८ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 


प्रतिक्रिया