कलंकी खसी बजारमा अनुगमन

आश्विन ११, २०७६ | काठमाडौं

चाडपर्व नजिकिएसँगै बजारमा मासु मूल्य आकाशिएको छ । दशैं नजिकिदा खसीको मासुको मूल्य अस्वाभाविक रुपमा बढ्न थालेपछि काठमाडौं महानगरपालिका र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त रुपमा काठमाडौंको कंलकीस्थित खसी बजार अनुगमन गरेको छ ।

सो टोलीले आज बिहान गरेको अनुगमनमा व्यापारीहरुले खरिद बिक्री बिल जारी नगरेको, हचुवाका भरमा बिक्री गरिरहेको भेटिएको छ ।

बिल जारी नगरी होलसेल पसल सञ्चालकले जिउँदो खसीको प्रति किलो ५ सय ८० देखि ६ सय ८० रुपैयाँ सम्ममा लिएर बिक्री गरिरहेको पाइएको हो ।

खसी बजारमा ४३ वटा व्यवसायी छन् । त्यहाँबाट उपत्यकाको मागको ४० प्रतिशत मासु आपूर्ति हुँदै आएको छ । 


प्रतिक्रिया