म्यान पावर कम्पनी तथा बिचौलियाबाट हने ठगीमा कमी आएको विभागको दाबी

माघ ३, २०७६ | काठमाडौं

सरकारले वैदेशिक रोजगार सूचना प्रणाली कार्यान्वयनमा ल्याएपछि म्यान पावर कम्पनी तथा बिचौलियाबाट हने ठगीमा कमी आएको वैदेशिक रोजगार विभागले दाबी गरेको छ । सम्पूर्ण विवरण विद्युतीय प्रणालीबाटै हेर्न सकिने तथा गन्तव्य मुलुकमा काम गर्ने कम्पनी, तलब तथा अन्य सुविधाको पनि जानकारी लिन सहज हुने भएपछि सेवाग्राही ठगिने क्रममा कमी आएको विभागका निर्देशक भोलानाथ गुँरागाईले जानकारी दिनुभयो ।

 वैदेशिक रोजगार सम्वद्ध सेवा प्रवाहलाई व्यवस्थित बनाउन सुरु गरिएको प्रणाली निक्कै प्रभावकारी भएको उहाँले बताउनुभयो । इजाजत प्राप्त संस्थाको विवरणसँगै अभिमुखीकरण प्रदान गर्ने संस्था, बीमा कम्पनी, पूर्व स्वीकृति लगायतका सेवा विद्युतीय प्रणालीबाटै हुने भएपछि विभागसम्मै धाउनुपर्ने बाध्यताबाट सेवाग्राहीले पनि छुट्कारा पाएका छन् । गुँरागाईले भन्नुभयो– मुख्यत रोजगारमा जाने कामदारलाई यसले सहजता प्रदान गरेको छ, दोस्रो कुरा बढ्दो अनियमितता रोक्न पनि यसले ठुलो सहयोग पुर्‍याएको छ ।

सरोकारवाला संस्थाहरुको आबद्धतासँगै उनीहरुको विश्वसनियतालाई पनि बढावा दिइएकोले यस प्रणालीले रोजगारमा जाने व्यक्तिको डाटा पहिचान गरी डिजिटल डाटा निर्माणमा संस्थाहरुलाई पनि सहज भएको निर्देशक गुँरागाईले बताउनुभयो । 


प्रतिक्रिया