नेप्सेमा सामान्य सुधार, डेढ अर्ब बढीको कारोबार

माघ ७, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज ३ दशमलव ३६ अंकले बढेर १ हजार ३ सय २० दशमलव ४७ बिन्दुमा पुगेको छ । 

नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा अघिल्लो दिनको तुलनामा ४६ करोड रुपैयाँले कमी आएको छ । हिजो २६ दशमलव ५४ अंकले ओरालो लागेको नेप्सेमा १ अर्ब ९७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

कारोबार भएका कुल १२ मध्ये ६ वटा कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । सबै भन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ६१ दशमलव ४७ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ८३ कम्पनीका १३ हजार ७ सय ९७ कारोबारबाट ४४ लाख ५५ हजार ५ सय ४५ कित्ता सेयर किनबेच भए ।

जसअन्तर्गत, १ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबार हुने साताको तेस्रो दिन नेप्सेमा हिमालय बैंक लिमिटेड प्रमोटरको सबै भन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया