साउदी दूताबासको आग्रह : स्वदेशमै रोजगारको अवसर खोज्नुस्

फाल्गुन १, २०७६ | काठमाडौं

साउदीस्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी अरब जानुको सट्टा स्वदेशमा रोजगारीका अवसर खोज्न नेपाली युवालाई आग्रह गरेको छ । साउदीमा प्रचलित रोजगार पद्धती कफला प्रणालीका कारण पछिल्लो समय नेपालीले दु:ख पाउन थालेको र रोजगारी थप कष्टकर बन्दै गएकाले विकल्प खोज्न दुतावासले आग्रह गरेको हो ।

दुतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दु:खको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुहोस् ‘फाइदा नहुने भए विचौलिया र म्यानपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो सीप अनुसारको पेशा, व्यवसाय गर्नुहोस् । दूताबासद्वारा विज्ञप्तिमा साउदी अरबको संक्षिप्त परिचय, कफला पद्धति, पूर्व तयारी चरण र तयारी चरण गरी ४ विषयमा विस्तृत रुपमा जानकारी गराइएको छ । साउदी अरबको मौसम भूगोल, भिसा तथा रोजगार पद्धति अर्थात कफला, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधालगायत विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरू आउने गरेको विज्ञप्तिमा उल्लेख छ ।

कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्दा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउने आदि कारणले महिनौंसम्म अदालतमा मुद्दा चल्दापनि कामदारले न्याय नपाउने अवस्था बढ्दै गएको तर्फ दूताबासले ध्यानाकर्षण गराएको छ ।  


प्रतिक्रिया