क्यान इन्फोटेक २०२० सुरु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २, २०७६ | काठमाडौं

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि प्रभु पे क्यान इन्फोटेक २०२० सुरु हुँदैछ । २६ औं संस्करणको इन्फोटेक नेपाली इन्नोभेसनका लागि एक्सपोजर इभेन्ट हुने क्यान महासंघका अध्यक्ष नवराज कुँवरको भनाइ छ । यस पटकको इन्फोटेकमा प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रर्वद्धन गर्ने योजना अनुसार इन्नोभेशन एक्सपोजरहरुलाई विशेष प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । 

इन्फोटेकमा १ सय ७४ स्टल रहने बताइएको छ । कार्यक्रमको उद्घाटन बिहान १० बजे सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँकोटाले गर्नुहुने आयोजकले जनाएको छ ।

फाल्गुन ५ गतेलाई बिजनेस डे तोकिएको छ । क्यान इन्फोटेक २०२० को टिकटलाई पनि पहिलो पटक पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि कि–ओस्क मेशिनबाट टिकट लिन सकिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया