जापानले माग्यो ६० जना नेपाली कामदार

चैत्र ३, २०७६ | काठमाडौं

जापानले पहिलोपटक ६० नेपाली कामदारको माग गरेको छ । नेपाल र जापानबीच गत वर्ष भएको कामदार आपूर्ति समझदारी (एमओसी) अनुसार जापानस्थित एक कम्पनीले त्यहाँस्थित सरकारको समन्वयमा नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ६० कामदार मागेको हो । 

समझदारी अनुसार जापानमा कामदार पठाउन श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागका निर्देशक भोला गुरागाईंलाई सम्पर्क व्यक्ति तोकेर छुट्टै जापान इकाई बनाइएको छ । यद्यपी रोजगारीका लागि जापान जाने कामदारको लागत लगायतका विषय भने अझै टुंगो लागिनसकेको विभागले जनाएको छ ।

 जापानले अहिले पठाएको मागलाई पूर्ति गर्न आवश्यक पर्ने छनौट प्रक्रियाबारे सरकारी स्तरमा परामर्श भइरहेको जनाइएको छ । जापानसँग सहकार्यको समझदारी भएपछि वैशाखको सुरुबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुने बताइएपनि विधि कारण कामदार लैजाने प्रक्रिया टुंगो नलाग्दा ढिलाइ भएको थियो । 


प्रतिक्रिया