दोस्रो चौमासिकसम्ममा ७० प्रतिशत बजेट खर्च भएन

चैत्र ७, २०७६ | रुपन्देही

प्रदेश ५ सरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिदासम्म ७० प्रतिशत पूँजीगत बजेट खर्च गर्न सकेको छैन । साउनदेखि फागुन मसान्तसम्म प्रदेशले पूँजीगत बजेट जम्मा ३० दशमलव ५४ प्रतिशत खर्च गरेको छ । यस अवधिमा चालूतर्फ ३२ दशमलव १० प्रतिशत खर्च भएको छ । 

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले गतवर्षको तुलनामा यस वर्ष बजेट खर्च बढेको बताउनुभयो । उहाका अनुसार गतवर्ष यही अवधिमा विकास बजेट जम्मा २२ प्रतिशत मात्र खर्च भएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल बजेट ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ ११ अर्ब ४० करोड ५ लाख र पूजीगततर्फ १८ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ छ ।


प्रतिक्रिया