अत्यावश्यकी वस्तु निर्वाध रुपमा सञ्चालन गर्न आग्रह

चैत्र १२, २०७६ | काठमाडौं

सरकारले खाद्यान्न लगायतका अत्यावश्यकीय सेवाभित्र पर्ने पसलहरु सदांझै निर्वाध रुपमा सञ्चालन गर्न सम्बन्धित निकायहरुमा आग्रह गरेको छ । लकडाउनको हिजो पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा संचालन गर्ने केही निकायहरु बन्द भएपछि सरकारले यस्तो आग्रह गरेको हो । 

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुग्ध, विद्युत, दुरसंचार, सुचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसरलहरु निर्वाध सञ्चालन गर्न अनुरोध गरीएको छ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न जारी गरीएको लकडाउनको आदेश प्रभावकारी कार्यान्वयन गर्न पनि गृहले सबै सर्वसाधरणलाई भनेको छ ।


प्रतिक्रिया