विद्युत महशुलमा छुट दिने सरकारको तयारी

चैत्र १३, २०७६ | काठमाडौं

विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ । 

कोभिड–१९ को त्रासका कारण खाना पकाउने ग्यास अभाव हुने सम्भावित अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत मन्त्रालयले जनाएको छ । 

मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस्तो व्यवस्था मिलाउन मौखिक निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनले निर्देशन दिनुभएको हो । इन्डक्सनमा छुट दिंदा ग्यासको विस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया