ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

जेष्ठ १८, २०७७ | काठमाडौं

जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ । 

इन्टरनेट सुविधा नभएका ग्राहकहरुलाई पनि टोलफ्रि नंम्बरमा फोन गरी विद्युत खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस प्रणालीमार्फत ग्राहकले consumer.nea.org.np टाइप गरी दिएको निर्देशल पालना गरी खपत भएको विद्युतको महसुलबारे जानकारी पाउन सक्नेछन् । 

महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि नै अनलाइनमार्फत विद्युत महशुल भूक्तानी गर्ने सकिने व्यवस्था गरेको छ ।  


प्रतिक्रिया