नेपाललाई एडिबीको ३० लाख डलर अनुदान

असार १६, २०७७ | काठमाडौं

कोरोना संक्रमणविरुद्धको लडाईमा सहयोगार्थ एसियाली विकास बैंक एडिबीले नेपाललाई थप ३० लाख डलर अनुदान दिने भएको छ ।

 एसिया प्यासिफिक विपत कोषमार्फत एडिबीले सो सहयोग गर्ने भएको हो । विशेषगरी सीमा क्षेत्रमा क्वारेन्टाईन सेवामा सुधारका लागि सो सहयोग गर्न लागिएको एडिबीले जनाएको छ । यस्तै, ल्याब तथा स्वास्थ्य सामाग्री, औषधी र संक्रमण नियन्त्रणका वस्तु खरिदमा सो सहयोग खर्च हुनेछ ।

एडिबीका नेपाल प्रमुख मुख्तोर खामुद्खानोभले कोभिड १९ महामारीका कारण भएको स्वास्थ्य र आर्थिक क्षती न्यूनीकरणका लागि नेपाल सरकारलाई सहयोग जारी राख्ने बताउनुभयो । 

नेपालको स्वास्थ्य प्रणालीमा सुधार तथा महामारीका कारण सिर्जित प्रतिकुल आर्थिक र सामाजिक प्रभाव कम गर्न भन्दै एडिबीले यसअघि पनि नेपाललाई २५ करोड डलर ऋण सहयोग गरिसकेको छ । 


प्रतिक्रिया