नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

असार २५, २०७७ | काठमाडौं

सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से बिहीबार ४ दशमलव ५७ अंकले बढेर १ हजार ३ सय ३१ दशमलव १० बिन्दुमा पुगेको छ । 

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा १७ करोड रुपैयाँ कमी आएको छ । बुधबार १० दशमलव १३ अंकले घटेको नेप्सेमा एक अर्ब ७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

बिहीबार कारोबार भएका बैंक, व्यापार बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ६८ दशमलव ३३ अंकले बढेको छ । 

निर्जीवन बीमाको ३९ दशमलव ५१, उत्पादन मूलकको ३५ दशमलव ३ र लघुवित्त कम्पनीको ९ दशमलव ६१ अंकले बढेको छ । यस्तै, बैंकिङ समूहको शून्य दशमलव ३७ र व्यापार समूहको उपसूचक १८ दशमलव ५४ अंकले घटेको छ ।

नेप्सेमा बिहीबार कुल १ सय ७८ कम्पनीका १६ हजार ६ सय ६३ कारोबारबाट २२ लाख २६ हजार २ सय ३ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ९० करोड ८० लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया