मंगलबार करीब १५ अंकले घट्यो नेप्से

श्रावण ६, २०७७ | काठमाडौं

धितोपत्र बजार मंगलबार पनि दोहोरो अंकले घटेको छ । बजार परिसूचक नेप्से आज १४ दशमलव ९९ अंकले घटेर एक हजार ४ सय ४९ दशमलव ९४ बिन्दुमा पुगेको छ । 

नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ९३ करोड रुपैयाँले गिरावट आएको छ । हिजो १४ अंकले घटेको नेप्सेमा २ अर्ब ८० करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

नेप्सेमा आज कारोबार भएको व्यापार, होटल, उत्पादन मूलक र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र नेप्से प्रभावित बन्यो । 

सबैभन्दा बढी होटल कम्पनी समूहको उपसूचक ८२ दशमलव ४५ अंकले उकालो लागेको छ । व्यापार कम्पनी समूहको २१ दशमलव ८४, उत्पादन मूलकको ७६ दशमलव ६४ बढेको छ ।

नेप्सेमा आज कुल १ सय ८५ कम्पनीका २६ हजार ६ सय ४१ कारोबारबाट ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ८७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया