सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ९४ हजार

श्रावण ७, २०७७ | काठमाडौं

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको छ । सुनको भाउ आकाशिएसँगै कारोबार ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।

चाँदीको पनि भाउ तोलामै ९५ रुपैयाँ बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला १ हजार ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


प्रतिक्रिया