दमक र बर्दघाट सब–स्टेसनको क्षमता विस्तार

श्रावण ११, २०७७ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सब–स्टेसनहरुको क्षमता बढाएको छ । 

दमकको पाडाजुागीस्थित सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थप गरेर शनिबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिनुभयो । 

त्यहाँ पहिले ३० एमभीएको ट्रान्सफर्मर रहेको थियो । नयाा थप गरिएपछि ट्रान्सफर्मरको क्षमता ९३ एमभीए पुगेको उहाँले बताउनुभयो । अब दमक क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय हुने चौधरीले बताउनुभयो ।

यसैगरी, नवलपरासीको बर्दघाट सब–स्टेसनको क्षमता बढाउन १३२/११ केभी, २२ दशमलव ५ एमभीएको पावर ट्रान्सफर्मर राखिएको छ । ७ एमभीएको ट्रान्सफर्मरलाई हटाएर २२ दशमलव ५ एमभीएको राखिएको हो । त्यहाँ यसअघि २२ दशमलव ५ र ७ एमभीएका ट्रान्सफर्मर थिए । अब सस्टेसनमा रहेका ट्रान्सफर्मरको क्षमता ४५ एमभीए पुगेको छ । 

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । 

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाा प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ । 


प्रतिक्रिया