नेप्से २२ अंकले बढ्यो, करीब २ अर्बको कारोबार

श्रावण ११, २०७७ | काठमाडौं

सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार धितोपत्र बजार एक दशमलव ५५ प्रतिशतले बढेको छ । बजार परिसूचक नेप्से २२ दशमलव ४ अंकले बढेर एक हजार ४ सय ६५ दशमलव १० बिन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार नेप्सेमा एक अर्ब ९४ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

नेप्सेमा आइतबार कारोबार भएका होटल, जलविद्यतु र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ३ सय ३८ दशमलव ८ अंकले बढेको छ ।

यस्तै, निर्जीवन बीमाको २ सय ५९ दशमलव ६४, लघुवित्तको २७ दशमलव ६५, बैंकिङको १६ दशमलव ५ र अन्य कम्पनी समूहको उपसूचक १३ दशमलव ७९ अंकले बढेको छ ।

कारोबार हुने साताको पहिलो दिन नेप्सेमा १ सय ९० कम्पनीका ३२ हजार ८ सय ३६ कारोबारबाट ४६ लाख कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । 


प्रतिक्रिया