खाद्यान्न आयात बर्षेनी बढ्दो

श्रावण १२, २०७७ | काठमाडौं

माग अनुसारको उत्पादन नहुदा खाद्यान्नको आयात बर्षेनी बढ्दै गइरहेको छ । 

भन्सार विभागको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न भारत लगायतका तेस्रो मुलुकबाट आयात भएको छ । यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्ब ८१ करोड ९ लाख रुपैयाँले बढी हो । 

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यन्नमा आत्मनिर्भर बनाउने उद्देश्य सहित बिभिन्न कार्यक्रम अघि सारेपनि प्रभावकारी हुन नसक्दा खाद्यान्नकै लागि बर्षेनी ठुलो रकम विदेशीने गरेको हो । लकडाउनको अवधिमा खाद्यान्नको आयात झनै बढेको देखिएको छ । 

चैत देखि साउनसम्मको अवधिमा मात्र १९ अर्ब ८८ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको चामल, गहु, मकै लगायतका खाद्यान्न मुलुक भित्रिएको छ । गत जेठमा सबैभन्दा धेरै १ लाख ४५ हजार ६ सय ६ मेट्रिक टन आयात भएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको तथ्याङकमा उल्लेख छ । 

खेतीयोग्य जमिनमा बढ्दो प्लटिङ, पर्याप्त सिंचाईको अभाव, जनशक्तिको कमी लगायत कारण उत्पादकत्वमा कमी आएको कृषि विज्ञ बताउँछन । 


प्रतिक्रिया