सोमबार नेप्से २.६२ अंकले ओरालो लाग्यो

श्रावण १२, २०७७ | काठमाडौं

सेयर कारोबार हुने साताको दोस्रो सोमबार धितोपत्र बजारमा सामान्य अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से सोमबार २ दशमलव ६२ अंकले ओरालो लागेर एक हजार ४ सय ६२ दशमलव ४८ बिन्दुमा पुगेको छ । 

नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँले कमी आएको छ । हिजो २२ अंकले उकालो लागेको नेप्सेमा एक अर्ब ९४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

सोमबार नेप्सेमा कारोबार भएका मध्ये विकास बैंक, उत्पादन मूलक, लघुवित्त र अन्य बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ५० दशमलव ४१ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ८७ कम्पनीका २८ हजार ४ सय ९५ कारोबारबाट ४२ लाख ५७ हजार १ सय ६१ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ८१ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया