राजश्व तिर्न जिल्ला प्रशासनमै बैंकको काउण्टर

माघ ७, २०७७ | दोलखा

नेपाल बैंक चरिकोट शाखाले जिल्ला प्रशासन कार्यालयमै एक्सटेन्सन काउण्टर खोलेको छ । राहदानी बनाउन राजश्व दाखिलामा सास्ती खेप्दै आएका दोलखाका सेवाग्राहीलाई सहज पहुँच दिन जिल्ला प्रशासन कार्यालयमै काउण्टर खोलेको बैंकले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा राजश्व दाखिलाका लागि काउण्टर खोलिएको हो । राहदानी फारम भरेर बैंकको शाखामा घण्टौं लाईनमा बसेर राजश्व तिर्दा सास्ती खेप्दै आएका सेवाग्राहीले प्रशासन कार्यालयमै राजश्व दाखिला गर्न पाउने प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताउनुभयो । 

यस्तै प्रशासन कार्यालय नजिकै रहेको नापी र मालपोतका सेवाग्राहीले समेत सो काउण्टरमा राजश्व दाखिला पाउनेछन् । जस्का कारण यी कार्यालयमा सेवा लिन आउनेले पनि घण्टौं लाईन बसेर समय खेर फाल्नुपर्ने वाध्यता हटेको छ ।


प्रतिक्रिया