व्यावसायिक बाख्रापालक किसानलाई १ लाख पुरस्कार

माघ ७, २०७७ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा व्यावसायिक बाख्रापालन गर्दै आएका सुनिल कुमार पाण्डे १ लाख रुपैयाँ पुरस्कारबाट पुरस्कृत भएका छन् । 

रोजगारीका लागि जापान गएर पुन: स्वदेश फर्किएर व्यावसायिक बाख्रापालन गर्दै आएका उनलाई नगरपालिकामा सञ्चालन भएको दायित्व परियोजानको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम दुर्तिकरण परियोजना’ ले सम्मान गरेको हो । 

बोयर जातको बाख्रापालन गर्दै आएका उनलाई परियोजनाले उत्कृष्ट १० मध्ये ५ जना उद्यमीमा छनोट गरेको परियोजनाका प्रतिनिधि कमल थापाले बताउनुभयो । तिलोत्तमा नगरपालिका–२ मा उनले ३० वटा बोयर जातको बाख्रापालनबाट सुरुवात गरेको फार्ममा अहिले ८० वटा बोयर बाख्रा छन् । 

आगामी वर्षमा ३ सय बोयर बाख्रापालन गरी नमूना फार्म बनाउने योजना छ, ‘उनले भने, ‘पुरस्कारले यस काममा अघि बढ्न थप प्रेरणा मिलेको छ ।’ 

उनलाई तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी देवी चौधरी, प्रवक्ता सुरेन्द्र श्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतले सम्मान सहित नगद पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया