नेप्से सूचकसँगै कारोबार रकममा पनि वृद्धि

चैत्र १७, २०७७ | काठमाडौं

कारोबार हुने साताको दोस्रो दिन आज धितोपत्र बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ३२ दशमलव १५ अंकले उकालो लागेर २ हजार ५ सय ७५ दशमलव ६६ बिन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेसँगै आज कारोबार रकममा पनि अघिल्लो दिनको तुलानमा करीब २ अर्ब रुपैयाँले वृद्धि भएको छ । हिजो सामान्य अंकले ओरालो लागेको नेप्सेमा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

नेप्सेमा आज कुल २ सय ९ कम्पनीका ६८ हजार ६ सय ४४ कारोबारबाट एक करोड २२ लाख ९ हजार ९ सय २६ कित्ता सेयर किनबेच भए । जसअन्र्तगत ८ अर्ब १८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा आज कारोबारमा आएका १३ मध्ये ११ वटा उपसमूहको सूचक उकालो लागेको छ । सबैभन्दा बढी जलविद्युत उपसमूहको सूचक ४ दशमलव १४ प्रतिशतले बढेको छ । 

व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको सूचक भने ओरालो लागेको हो । नेप्सेमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी ४८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 


प्रतिक्रिया