नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल

चैत्र २७, २०७७ | काठमाडौं

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । चेम्बरको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्विरोध चयन हुनुभएको छ ।

 यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित हुनुभएको छ ।    


प्रतिक्रिया