सैनामैनामा पहिलो शीत भण्डारण गृह बन्दै

चैत्र २९, २०७७ | तिलोत्तमा

रुपन्देहीको सैनामैना नगरपालिकामा शीत भण्डारण गृहको निमार्ण सुरु भएको छ । नगरपालिकाको वडा नम्बर–३ मा निर्माण हुने शीत भण्डार गृहको सैनामैनाका नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले शिलान्यास गर्नुभयो । 

सो अवसरमा नगरप्रमुख कार्कीले कृषकलाई सहज र सुविधा पुर्‍याउने उद्देश्यले कृषि बजार पूर्वाधार निर्माण अन्तर्गतको शीत भण्डार गृह निर्माण थालिएको जानकारी दिनुभयो । 

शीत भण्डार गृहको भवन पूर्ण बन्द प्रविधिको हुने नगरपालिकाका प्राविधिक प्रदीप गिरीले जानकारी दिनुभयो । ६५ लाख ५१ हजार रुपैयाँको लागतमा श्री लक्ष्मी एण्ड सुजल निर्माण सेवाले यो वर्ष पहिलो चरणको सिविल वर्कको काम सम्पन्न गर्ने गरी ठेक्का लिएको छ । 

२०७८ असार १५ सम्ममा निर्माण सम्पन्न हुने गरी काम अघि बढाएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो । १ करोड ९६ लाख लागत अनुमान गरिएको शीत भण्डार गृह निर्माणको हाल पहिलो चरणको काम हुने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया