वीरगन्ज उद्योग वाणिज्य संघद्वारा कर विवरण र कर दाखिला गर्ने म्याद थपको माग

वैशाख २३, २०७८ | पर्सा

वीरगन्ज उद्योग वाणिज्य संघले कर विवरण बुझाउने र कर रकम दाखिला गर्ने म्याद थप तथा विद्युत महशुलमा लाग्ने जरिवाना छुटको सरकारसंग माग गरेको छ । संघले आन्तरिक राजश्व विभागका महानिर्देशक र नेपाल विद्युत प्राधिकरणका महानिर्देशकलाई छुट्टाछुट्ै पत्राचार गरी यस्तो माग गरेको हो । 

संघका अध्यक्ष सुबोध कुमार गुप्ताद्वारा हस्ताक्षरित पत्रमा मुलुकमा हाल फैलिएको कोरोना भाईरसको दोश्रो लहरको संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानिय प्रशासनले वैशाख १६ देखि निषेधाज्ञा लागु गरेकाले दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय, उद्योग तथा आवागमन बन्द समेत भई उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा कामदारहरु पनि स्वास्थ्य संवेदनशीलताका कारण उद्योग प्रतिष्ठानमा आवतजावत गर्न नसकेकाले तोकिएको समय भित्र कर विवरण बुझाउन तथा कर रकम दाखिला गर्न सक्ने अवस्था नरहेको उल्लेख छ । संघले बन्दाबन्दीको अवधि पश्चात मात्र कर विवरण बुझाउने र कर रकम दाखिला गर्ने गरी समयावधि निर्धारणको माग समेत पत्रमा गरेको छ ।

प्राधिकरणका महानिर्देशकलाई प्रेषित पत्रमा निषेधाज्ञाका कारण तोकिएको समय भित्र विद्युत महशुल दाखिला गर्न सक्ने अवस्था नरहेकाले बन्दाबन्दीको अवधिमा विद्युत्त महसुल दाखिला गर्न नसक्दा लाग्न सक्ने जरिवाना छुटका लागि आवश्यक पहल गरी दिन माग समेत गरिएको छ ।  


प्रतिक्रिया