नेप्से २७ अंकले उकालो लाग्यो, कारोबार रकम घट्यो

वैशाख २७, २०७८ | काठमाडौं

कारोबारको पहिलो दिन सामान्य करेक्सन देखिएको धितोपत्र बजार आज दोहोरो अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज २७ दशमलव ४१ अंकले बढेर २ हजर ६ सय ४५ दशमलव ८४ बिन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेपनि कारोबार रकममा अघिल्लो दिनको तुलनामा करीब दुई अर्ब रुपैयाँ बराबरले गिरावट आएको छ । हिजो १८ दशमलव ५६ अंकले घटेको नेप्सेमा ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

नेप्सेमा आज २ सय १८ कम्पनीका ५१ हजार २ सय ३५ कारोबारबाट ७५ लाख ७९ हजार कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज कारोबारमा आएका सबै उपसमूहको सूचक उकालो लाग्दा समग्र बजारमा सुधार देखिएको हो । 

सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको सूचक ३ सय ४६ दशमलव ३ अंकले बढेको छ । यस्तै, जीवन बीमाको १ सय ३७ दशमलव ८२, उत्पादन तथा प्रशोधनको १ सय ३३ दशमलव ६४, अन्यको ७९ दशमलव ५५ र लघुवित्त उपसमूहको सूचक ५० दशमलव १८ अंकले बढेको छ । 

नेप्सेमा आज कारोबारमा आएका ३ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण शेयरको मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, समता घरेलु लघुवित्तको ९.९५ प्रतिशतले बढेको छ भने रुरु जलविद्युतको ९.८५ प्रतिशतले बढेको छ । कारोबारको दोस्रो दिन नेप्सेमा आज नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा बढी २७ करोड ४ लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 


प्रतिक्रिया