नेपाललाई डिजिटल युगमा लैजान सरकारको भूमिका महत्वपूर्ण

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७८ | काठमाडौं

नेपाललाई डिजिटल युगमा लैजान सरकारले ठोस रणनीतिसहित नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कम्प्यूटर एशोसियशन महासंघ क्यानले काठमाण्डौंमा आज आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवाला एवम् सो क्षेत्रका जानकारहरुले नेपालका हरेक क्षेत्रलाई सूचना तथा प्रविधिमैत्री बनाउनका लागि सरकारको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

 कार्यक्रममा महासंघका अध्यक्ष नवराज कुँवरले कृषि, उद्योग, शिक्षा तथा स्वास्थ्य लगायतका हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि इन्टरनेटको सरल, सुलभ पहुँच एवं डिजिटल प्लेटफर्मको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्‍याउन सरकार र सरोकारवाला सबैले मिलेर सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । 

नेपालसहित सिंगापूर, अष्ट्रेलिया, बंगलादेश र मलेसियाका सूचना तथा प्रविधि क्षेत्रका विज्ञ सम्मिलत सो कार्यक्रममा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । सहभागी प्रतिनिधीहरुले आ–आफ्नो मुलुकमा प्रचलनमा रहेका प्रविधि र तिनको प्रयोगमा सरोकवाला र सरकारको भूमिकाबारे बृहत् छलफल गरेका थिए । 


प्रतिक्रिया