पछिल्लो दुई महिनामा मुलुकको व्यापार घाटा करिब ७१ प्रतिशतले वृद्धि

रेडियो कान्तिपुर संवाददाता

आश्विन ९, २०७८ | काठमाडौं


चालु आर्थिक वर्षको पहिलो २ महिनामा मुलुकको व्यापार घाटा करिब ७१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङक अनुसार साउन र भदौमा मुलुकको व्याटा घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार पुगेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० दशमलव ७५ अर्थात १ खर्ब १२ अर्ब ७ करोड ४३ लाख १२ हजार रुपैयाँले बढी हो । 

पहिलो २ महिनाको अवधिमा निर्यात पनि उल्लेख्य बृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । सो अवधिमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामाग्री मुलुकबाट निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ सय १५ दशमलव ४३ प्रतिशतले बढी हो । ४४ अर्बको निर्यात हुदा सो अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बरारबको आयात भएको विभागको तथ्याङक छ । 

दुई महिनाको अवधिमा सबैभन्दा धेरै ३७ अर्ब ९५ करोड ५१ लाख ३४ हजार रुपैयाँ बराबरको इन्धन आयात भएको छ यस्तै २८ अर्ब ५५ करोड ९५ लाख बराबरको फलाम र स्टील, २४ अर्ब ५१ करोड २ लाख बराबरको विद्युतीय मेसिनरी सामाग्रीहरु आयात भएको विभागको तथ्याङक छ ।


प्रतिक्रिया