नेप्से ७३ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित

आश्विन ११, २०७८

कारोबारको दोस्रो दिन सोमबार पनि धितोपत्र बजार उच्च अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ७३ दशमलव ५ अंकले घटेर २ दशमलव ६ सय ८५ दशमलव ४१ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २ दशमलव ६५ प्रतिशतले कम हो । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा केही गिरावट आएको छ । बजार ठूलो अंकले घटेपछि बिक्री चाप पनि कम देखिएपछि त्यसको असर कारोबार रकममा परेको हो ।

नेप्सेमा आज कुल २ सय २७ कम्पनीका ६७ हजार ५ सय ८७ कारोबारबाट एक करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ५ अर्ब १२ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । 

सबै भन्दा बढी वित्तको ४ दशमलव ५३, विकास बैंकको ३ दशमलव ८१, निर्जीवन बीमाको ३ दशमलव ६२, लगानी उपसमूहको ३ दशमलव १ र जलविद्युत उपसमूहको परिसूचक २ दशमलव ६८ प्रतिशतले घटेको छ । 


प्रतिक्रिया