नेप्से उच्च अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार

कार्तिक ८, २०७८ | काठमाडौं

सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार धितोपत्र बजार उच्च अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३ दशमलव ३९ प्रतिशतले बढी हो । 

नेप्से उच्च अंकले उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ । नेप्सेमा आज कुल २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबारबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

नेप्सेमा आज कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ । सबै भन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक ५३७ दशमलव ९२ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमाको ४६७ दशमलव ६, विकास बैंकको ३०१ दशमलव ३३, जलविद्युतको २ सय दशमलव ८२, वित्त उपसमूहको १७६ दशमलव ४९ र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १४३ दशमलव ३७ अंकले बढेको छ । 

नेप्सेमा आज कारोबारमा आएका मध्ये ३३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खा फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिश्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेलीको मूल्य १० प्रतिशतले बढ्यो ।

 कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको सबै भन्दा बढी १४ करोड ५६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । 


प्रतिक्रिया