निर्देशन विपरीत काम गर्ने ३ बैंक राष्ट्र बैंकको कारबाहीमा

कार्तिक ८, २०७८ | काठमाडौं

नेपाल राष्ट्र बैंकले विभिन्न ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आफ्नो निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई कारबाही रहेको छ । 

प्रभु बैंक र नेपाल बंगलादेशलाई पहिलो पटक कारबाही गरेको राष्ट्र बैंकले हिमालयन बैंकलाई भने दोस्रो पटक कारबाही गरेको हो । राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ, प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ, र हिमालयन बैंकलाई २ पटक गरी ३० हजार २१ रुपैयाँ जरिवाना गरिएको हो । 

गत आर्थिक वर्षको चौंथो त्रैमासिकमा केन्द्रीय बैंकले तोके बमोजिम वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो ।


प्रतिक्रिया