मुआब्जा नपाएपछि अरुण तेश्रो आयोजना प्रभावितद्वारा सडक अवरुद्ध

चैत्र १०, २०७८ | संखुवासभा

संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो आयोजनाका प्रभावित परिवारले मुआब्जा नपाएको भन्दै चौंथो पटक सडक अवरुद्ध गरेका छन् । उनीहरुले पावरहाउस स्थल संखुवासभाको दिदिङ–पुखुवा सडकखण्ड अवरुद्ध पारेका हुन् । 

आयोजनाको काम ५० प्रतिशत सकिदा पनि अरुण प्रवेश मार्गका पीडितले मुआब्जा नपाएपछि चौंथो पटक आन्दोलन गर्दै सडक अवरुद्ध पारेका हुन् । पीडितले बुधबारदेखि सडकमा अरुण तेश्रो आयोजनाको सामग्री लिएर गएको सवारीसाधन चल्न दिएका छैनन् । 

संखुवासभाको छ्याङकुटीबाट पावर हाउस स्थलसम्मको मुआव्जा विवाद अहिलेसम्म मिलेको छैन । छ्याङकुटीबाट पावर हाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा मुआव्जा नपाएपछि स्थानीयले अनिश्चितकालिन बन्द गरेका हुन् । 

स्थानीय, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआव्जाको विवाद मिलाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । 


प्रतिक्रिया