पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन

रेडियो कान्तिपुर संवाददाता

असार १०, २०७९ | काठमाडौं

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आयल निगमका पदाधिकारीसँगको छलफलपछि सो निर्देशन दिएको हो । 

 इन्धनको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको भन्दै समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन भनेको छ । हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।


प्रतिक्रिया