गहुँ र चिनीको आयातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई पत्राचार

श्रावण ११, २०७९ | काठमाडौं

गहुँ र चिनीको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै सरकारले भारतको वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको छ । निर्यात सहजीकरण गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलले परराष्ट्र मन्त्रालयल मार्फत त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयलाई हिजो पत्राचार गरेको हो ।

मौखिक रुपमा भारतस्थित नेपाली दुतावासमार्फत पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएपछि कुटनितीक माध्यमबाट पत्राचार गरीएको उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

मुल्यबृद्धिको र खाद्य संकट तथा हुनसक्ने भन्दै भारतले गत बैशाख ३० गतेबाट आन्तरिक उत्पादन भएको गहुँ र चिनीको निर्यातमा रोक लगाएको थियो । भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्ता लगायतको उप्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीहरुले गहुँको आयात खुलाउन माग गर्दै आएका थिए । घरेलु प्रयोजनका लागि आवश्यक गहुको माग आन्तरिक उत्पादनले धान्ने भएपनि नेपालमा रहेका ३७ ठुला उद्योगहरुका लागि कच्चा पदार्थको रुपमा आवश्यक गहु भारतबाट आयात हुदै आएको थियो । प्रतिबन्ध पछि नेपाली उद्योगहरुनै धराशायी बन्दै गएको व्यवसायी बताउछन ।

यस्तै चिनीमा लामोसमयसम्म प्रतिबन्ध कायमै रहे मुल्यबृद्धिका साथै अभाव देखिने जानकारहरु बताउछन । हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनका लागि वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको उद्योग मन्त्रालयले जनाएको छ । त्यसमध्ये करिब १ लाख ३० हजार मेट्रिक टन माग आन्तरिक उत्पानदले धानिरहेको छ ।


प्रतिक्रिया