देशभर ९५ प्रतिशत धान रोपाईँ

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७९ | काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर गरी ९५ प्रतिशत धान रोपाईँभएको छ । मधेश र लुम्विनी प्रदेशमा मनसुन ढिलो भएकाले अपेक्षा गरिए भन्दा ५ प्रतिशत कम रोपाईँ भएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताउनुभयो ।

 मधेश र लुम्विनी प्रदेशमा अझै रोपाईँ भइरहेकाले यो वर्ष करिव ९७ प्रतिशत रोपाईँ  हुने मन्त्रालयको अनुमान छ । यस्तै, सुदुरपश्चिम प्रदेशमा यो वर्ष सबैभन्दा धेरै ९९ दशमलब २ प्रतिशत रोपाईँ  भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार प्रदेश–१ मा ९३ दशमलब ५ प्रतिशत, बागमतीमा ९२ दशमलब ९ प्रतिशत, गण्डकीमा ९६ दशमलब १ प्रतिशत र कर्णालीमा ९६ दशमलब ४ प्रतिशत रोपाईँ  भएको छ । ढिलो धान रोपाईँका कारण उत्पादनमा देखिने प्रभावबारे अध्ययन भइरहेको सन्जेलले बताउनुभयो । 


प्रतिक्रिया