कर्मचारी अभावमा स्वास्थ्य बिमा प्रभावित

मंसिर १८, २०७९ | काठमाडौं

स्वास्थ्य बिमा बोर्डमा पर्याप्त कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । बोर्डले दाबी गरिएको रकम समयमा भुक्तानी गर्ने प्रक्रिया पुरा गर्न नसक्दा बिमित सेवाग्राही मर्कामा पर्ने गरेका हुन् । बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पर्याप्त जनशक्तिका नहुँदा केही ढिलाई भइरहे पनि भुक्तानी गरिरहेको दाबी गर्नुभयो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासन प्रमुख अशोक साहले आफुहरुले समयमा भुक्तानी नपाएको बताउनुभयो । 

साहले जहिले पनि दाबी रकम घटेर जाने गरेको समेत गुनासो गर्नुभयो । स्वास्थ्य बिमाको रकम नपाएको भन्दै धेरै जसो अस्पतालले स्वास्थ्य बिमा अन्तर्गतका बिरामीको उपचार नगर्ने भएपछि प्रदेश १ का बिमित अधिकांश बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने गरेका छन् । अस्पतालले भने बिमा रकम समयमा भुक्तानी नपाएको भन्दै बिरामीको रिपोर्ट समयमा नदिने, उपचारमा चासो नदिने लगायतको सास्ती दिदैं आएको छ । 


प्रतिक्रिया