मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित

पुस १२, २०७९ | विराटनगर

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीबीच वार्ता हुने भएपछि बैंकको चर्को ब्याजदरको विरोधमा उत्रिएका उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । 

गत बिहिबारदेखि मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघ सहित ३ दर्जनबढी वस्तुगत संघ सस्थाका प्रतिनिधिले चर्को ब्याजदरका विरोधमा त्यहास्थित राष्ट्र बैंकमा धर्ना दिदै आएपछि अर्थमन्त्री पौडेलले वार्तामा बोलाउनु भएको छ । 

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले वार्ताकालागि विराटनगरवाट ६ जना उद्योगी व्यवसायी काठमाडौं गएको र सो वार्तामा वुटवल, नेपालगञ्जका उद्योगी व्यवसायीपनि सहभागी हुने बताउनुभयो । वार्ताले निकास दिन नसके पुन: आन्दोलन गर्ने उहाँको भनाइ छ । 


प्रतिक्रिया