आफ्ना नानीबाबुलाई खोेप लगाउनुभयो?

वैशाख २६, २०८२

१५ महिनाको उमेरभित्रमा दिइने सबै खोप नियमित खोप तालिका अनुसार समयमै लगाए मात्र खोपले पूर्ण काम गर्ने विज्ञहरुले बताएका छन् । राष्ट्रिय खोप कार्यक्रमका संयोजक डा अभियान गौतमले रोग लाग्नबाट बच्न १५ महिनासम्म दिइने खोप अनिवार्य लगाउन आग्रह गर्नुभयो । खोप लगाउन छुटिहाले सकेसम्म छिटो ५ वर्षको उमेरभित्र छुट खोप लगाउनुपर्ने उहाँको भनाई छ ।


यसैबीच यही बैशाख ३१ गते नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई देशैभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट छुट खोप दिईंदैछ । खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन सरकारले आग्रह गरेको छ । 



प्रतिक्रिया