विद्युत महसुल तिर्न बाँकी उद्योगीलाई पुनरावेदन गर्न प्राधिकरणको आग्रह

वैशाख २६, २०८२

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल तिर्न बाँकी रहेका उद्योगीलाई केही सर्तसहित पुनरावेदन गर्न मौका दिएको छ । 

प्राधिकरणले आगामी जेठ मसान्तभित्र बक्यौताको ५ प्रतिशत नगद वा एक वर्षको म्याद रहने गरी जारी भएको बैंक ग्यारेन्टी धरौटी जम्मा गरी पुनरावेदनमा आउन आग्रह गरेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै पुनरावेदनका लागि निवेदन दिने म्याद एक महिना तोकेको छ । 

वैशाख २१ गते बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकले एक महिनाभित्र पुनरावदेनमा आउनका लागि उद्योगीहरुलाई सूचना जारी गर्ने निर्णय गरेको थियो । यसअघि ०८१ चैत २९ गते बसेको बोर्ड बैठकले २५ प्रतिशत धरौटी रकमलाई ५ प्रतिशतमा पु¥याउने निर्णय गरेको थियो । तर हालसम्म कुनै उद्योगी पुनरावेदनका लागि तयार नभएको बताइन्छ ।   


प्रतिक्रिया