रासायनिक मलको अभाव हटाउन प्राङ्गारिक मल उत्पादन गर्ने सरकारको तयारी

वैशाख २१, २०८२ | काठमाडौं
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकार प्राङ्गारिक मल र जैविक मलको नीतिमा अग्रसर भएको बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सहभागी मन्त्री अधिकारीले पछिल्लो समय देखा परेको रासायनिक मलको अभाव हटाउनका लागि सो नीति अघि सारिएको बताउनुभएको हो ।
उहाँका अनुसार नेपालमा वार्षिक ११ लाख मेट्रिक टन रासायनिक मल आवश्यक भए पनि चार लाख टन मल मात्रै मौज्दात छ । अहिलेपनि बजारमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको भन्दै सरकारी निकायको आलोचना हुँदै आएको सन्दर्भमा मन्त्री अधिकारीले समस्या समाधानका लागि प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिएको बताउनुभएको हो ।