रसुवागढी नाकाबाट १५ दिन आयात नहुने

फाइल फोटो  

माघ ६, २०७९ | रसुवा

चिनियां नयाँ वर्षका कारण रसुवागढी नाकाबाट हुने आयात १५ दिन नहुने भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीका अनुसार आजबाट आगामी १५ दिनसम्म कुनैपनि सामान आयात नहुने जानकारी आएको छ । 

पछिल्लो समय सो नाकाबाट दैनिक चाइनीज १४ कन्टेनर मात्र सामान आयात भइरहेको छ । चिनियां नयां वर्षका कारण केरुङमा रहेका सरकारी कार्यालयहरु नै बन्द हुने गर्दछ । सरकारी कार्यालय नै बन्द भएपछि सामानआयात रोकिएको कार्यालयले जनाएको छ । 

विगत तीन वर्ष यता बन्द रहेको यो नाका पछिल्लो एक महिना यताबाट सञ्चालनमा आएको थियो । सो अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीनतर्फ निर्यात भएको छ । २०७६ माघ १५ देखिनै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात रोकिएको थियो ।

 आयात सुरु भएपनि कहिले कोरोना, कहिले पहिरो र हिमपातको कारण पटक पटक नाका प्रभावित हुंदै आएको छ । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हने गरेको व्यवसायीहको भनाई छ । 


प्रतिक्रिया