भारतबाट गहुँ आयात भएसँगै मैदा मिलको उत्पादन सुरु

फाल्गुन ४, २०७९ | विराटनगर

भारतले नेपालमा निकासीका लागि कोटा छुट्याएको गहुँ आयात हुन थालेपछि स्थानीय मैदा मिलको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय उत्पादनको अभाव तथा भारतबाट गहुँ आयात नहुँदा मुलुकका ३८ वटा मैदा मिलको उत्पादन प्रभावित भएको थियो । 

नेपाल ˆलोर मिल एसोसिएसनका सचिव तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३८ मैदा मिलका २७ उद्योगीलाई छुट्याएको ३२ हजार ९ सय ५३ टन गहुँ मध्ये आजसम्ममा १० हजार टन भित्रिसकेको छ । 

बाँकी गहुँ एकसाता भित्रमा भित्रि सक्ने उहाँले जानकारी दिनुभयो । भारतले निर्यातमा रोक लगाउँदा उद्योगको उत्पादन नै प्रभावित भएर मैदा, आँटा र सुजीको मूल्य प्रति किलो १५ रुपैयाँसम्म बढेको थियो । भारत सरकारले गहुँको उत्पादन कम भएको भन्दै खाद्य सुरक्षाका लागि आँटा, मैदा र सुजीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । मुलुकका मैदा मिललाई वार्षिक १० लाख टन गहुँको आवश्यकता पर्छ । त्यसमध्ये आन्तरिक उत्पादन ४ लाख टन मात्रै छ । 


प्रतिक्रिया