ठोरीका किसानका १० बिघा खेत बाँझै

फाल्गुन १३, २०७९ | पर्सा

भारतिय सिमावर्ती क्षेत्रबाट वन्यजन्तु प्रवेश गरि खेती नष्ट पार्ने भएकाले पर्साको ठोरी गाउँपालिका ३ का किसानले खेती योग्य जमिन बाँझै राख्ने गरेका छन् । सीमा जोडिएको सो क्षेत्रमा भारतको बाल्मिकी टाइगर रिजर्भका वन्यजन्तुले बाली नष्ट गर्ने भएकाले स्थानीय किसानले करिब १० बिघा खेत बाँझो राख्दै आएका छन् ।

 स्थानीय किसान इश्वरी भुजेलले वन्यजन्तुले मानवबस्ती प्रवेश गरी बाली भित्र्याउने समयमा नष्ट गर्ने भएकाले आफूहरुले बाध्य भएर खेती गर्न छोडेको बताउनुभयो । सीमामा रहेको तारबारको उचाई बढाउने र त्यसमा सोलारबाट करेन्ट प्रवाह गरेर वन्यजन्तुको नेपाल तर्फको प्रवेश रोक्न आवश्यक पहल गरी दिन भारतीय सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई आग्रह गरेको ठोरी गाउपालिका—३ का अध्यक्ष शम्भु खड्काले बताउनुभयो । 


प्रतिक्रिया