मध्यमर्स्याङ्दीमा २१ दिन जलविद्युत उत्पादन बन्द

फाल्गुन २०, २०७९ | लमजुङ

लमजुङमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरेर मर्मत सुरु गरिने भएको छ ।

पछिल्लो समय सो केन्द्रबाट उत्पादन क्षमताको आधा मात्रै विद्युत हुँदै आएको थियो । नियमित मर्मत सम्भार भनिए पनिे बायाँ भित्तामा समस्या देखिएपछि उत्पादन बन्द गरेर मर्मतको काम सुरु गरिएको हो ।

गतवर्ष नै मर्मत गर्नुपर्ने भनिए पनि अन्य आयोजनामा बाढीपहिरोको समस्याका कारण मर्मतकार्य १ वर्ष पछि धकेलिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ ।

आगामी मंगलबारबाट २१ दिनका लागि विद्युत उत्पादनको काम रोकेर मर्मत कार्य सुरु हुने जलविद्युत केन्द्रप्रमुख पवन बस्नेतले जानाकारी दिनुभयो । मर्मतका लागि १२ करोड ३३ लाखमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । 


प्रतिक्रिया