पर्साका किसानको ८ सय बिघा उखु खेतमै

फाल्गुन २५, २०७९

चिनी मिलले उखु खरिद गर्न ढिलाइ गर्दा पर्साका किसानको करीब ८ सय बिघा उखु बाली अझै खेतमै रहेको छ । गर्मी बढेसंगै उखुमा रसको मात्रा घट्दै जाने भएकाले उखु किसान आफूहरुलाई दैनिक घाटा भई रहेको भन्दै चिन्तित बनेका छन् । 

किसान संघ पर्साका अध्यक्ष असर्फी साह जिल्लामा यस बर्ष ४ हजार २ सय बिघामा उखु खेती भएकोमा करीब १५ देखि २० प्रतिशत उखु बाली किसानको खेतमै रहेको बताउनुभयो । बाराको रिलायन्स र रौतहटको बाबा बैजुनाथ सुगर मिलमा किसानले उखु बेच्दै आएका थिए । 

तर गत साता देखि बारा प्रशासनले पर्सा बाराका किसानलाई रौतहटमा उखु लग्नमा रोक लगाएपछि आफूहरुसंग रिलायन्स सुगर मिलको चलानको प्रतिक्षा गर्नुको बिकल्प नरहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया