मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब बढी

चैत्र ८, २०७९ | काठमाडौं

चालू आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा साढे ९ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्जवनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि फागुनसम्मको मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको ८ महिनाको विवरण अनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७ दशमलव ८६ प्रतिशत कम हो । 

गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा पनि केही सुधार देखिएको हो । ८ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९ दशमलव १३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।


प्रतिक्रिया