रास्वपाको संसदीय दलको बैठक भैरहवामा सुरु

श्रावण १४, २०८२ | भैरहवा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ ।
बैठक भैरहवास्थित होटल रमादामा सुरु भएको हो । बैठक अघि हिजो कार्यवाहक सभापति डिपी अर्याल र आज सांसद सोबिता गोतमले सभापति रवि लामिछानेलाई जेलमा भेटेको रास्वपाले जनाएको छ । केही सांसदहरू रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन क्षेत्रमा चलिरहेको हस्ताक्षर अभियानमा सहभागी भएर बैठकमा सहभागी भएका छन् ।
बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, भ्रष्टाचार विरुद्धको अडान, संसद्मा सरकारको व्यवहार र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।