देशभर ७२ प्रतिशत रोपाइँ

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०८२

यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकार महानन्द जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । गत वर्ष यही अवधिमा करिब ८४ प्रतिशत धान रोपाइँ भएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा ५७ लाख २४ हजार २ सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो । 


प्रतिक्रिया