व्यापार युद्ध अन्त्यकालागि अमेरिका र चीनबीचको वार्ता सकारात्मक

श्रावण १४, २०८२ | काठमाडौं

व्यापार युद्ध अन्त्यकालागि चीन र अमेरिकी प्रतिनिधिबीच स्वीडेनमा भएको वार्ता सकारात्मक रुपमा अघि बढेको दुवै मुलुकका प्रतिनिधिले जनाएका छन् । 

अमेरिकाले चीनलाई लगाएको कर वृद्धिको समयसीमा आगामी अगस्ट १२ तारिखमा सकिंदै छ । सो पश्चात ३ महिना म्याद थपका लागि दुवै मुलुकका उच्च तहका प्रतिनिधिबीच स्वीडेनको प्रधानमन्त्री कार्यालयमा वार्ता भएको हो । वार्ताका क्रममा ३ महिना म्याद थप गर्ने विषयमा सहमति जुटेको र त्यसबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णय गर्ने बताइएको छ । 

चीनले निर्यात गर्ने दुर्लभ खनिज पर्दाथ र अमेरिले वृद्धि गरेको भन्सार शुल्कका विषयमा सहमतिका लागि ९० दिनभित्रसमयसीमा तोक्ने सहमति भएको छ ।

 यसअघि अमेरिकाले कर वृद्धि गर्दा चीनले दुर्लभ खनिज पदार्थ निर्यातमा रोक लगाएको थियो । जसका कारण विश्वको विद्युतीय गाडी उत्पादन कम्पनी प्रभावित भएका थिए ।  


प्रतिक्रिया