जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा भारद्वाज निर्वाचित

श्रावण १४, २०८२ | काठमाडौं
न्युयोर्कको जमैका नेपाली समाजले समर पिकनिक र अधिवेशन भव्यताकासाथ सम्पन्न गरेको छ । अधिवेशनले पुष्कर खनालको नेतृत्वमा नयाँ कार्यसमितिपनि चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उप सभापति भिम न्यौपाने, सचिव पारस भारद्वाज निरौला, कोषाध्यक्ष साजन पौडेल रहेका छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कारकी, भुपेन्द्र बज्रचार्य, बिनोद केसी, दिपक घिमिरे, गुण बहादुर घर्तीमगर र राम कार्की रहेका छन।

समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका तलसी आचार्य र अशोक कार्कीले सपथ खुवाउनु भएको थियो भने समाजका निवर्तमान अध्यक्ष एवं समाजसेवी कृष्ण आचार्यले स्वागत गर्दै पद हस्तान्तरण गर्नु भएको थियो । समाजको कार्यसमिति निर्विरोध चयन भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्साल एवं अभियन्ता कृष्ण लामिछाने लगायतले शुभकामना दिनु भएको थियो िसपथ ग्रहण कार्यक्रममा एनआरएन न्युयोर्क च्याप्टरका कार्यवाहक सभापति छिरिङ शेर्पा, रिजवुड नेपाली सोाइटीका अध्यक्ष राजेश भट्ट, तमु समाजका अध्यक्ष बिन घले लगायतले समाजका गतिविधिको प्रशंसा गर्द़ै नेपाली समुदायमा पारेको सकारात्मक प्रभावको चर्चा गर्नु भएको थियो ।

त्यसैगरी शुभकामना दिंदै राज ट्याक्स एण्ड एकाउण्टीङका सञ्चालक तथा सिपिए बिराज रिजालले अमेरिकामा नेपालीको पहिलो बित्तिय संस्था एभरेष्ट फेडरल क्रेडिट युनियनको बारेमा चर्चा गर्दै यसमा आवद्ध हुंदा मिल्ने फाईदाकाबारे चर्चा गर्नु भएको थियो । यसैगरीसमाजको समर पिकनिक भव्य रुपमा सम्पन्न भएको छ ।

न्युयोर्कको फरेष्ट पार्कमा आयोजित कार्यक्रमको पहिला सत्रमा अधिवेशन भएको थियो भने दोस्रो सत्रमा बनभोज कार्यक्रम आयोजना गरिएको थियो । बनभोज कार्यकममा जमैका तथा आसपास बसोबास गर्ने झण्डै चार सय नेपालीको उपश्थित रहेको थियो । बनभोज कार्यक्रममा बालबालिकाहरुको मनोरन्जनका नृत्य, दक्षता प्रदर्शन, गायन तथा चित्रकला प्रतियोगितापनि गरिएको थियो । सहभागी सबै बालबालिकालाई प्रमाणपत्र र उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली खानाका विभिन्न परिकारहरु राखिएको थियो। विगत केहि बर्षदेखि जमैका नेपालीहरुको हब बन्दै गएको छ । यसले नेपाली समुदायको एकता, संकृतिको रक्षा तथा नया पुष्तालाई नेपालीपन बारे जानकारी दिलाउन यस्ता बनभोज लगायतले महत्पुर्ण भुमिका खेल्ने सहभागीहरुले जनाएका छन । समाजको बनभोजमा न्युयोर्कमा सकृय सामाजिक अभियन्ताहरुकोपनि उल्लेख्य उपश्थिति रहेको थियो ।